चौथो बकुलिया गोल्ड कप सुरु, गुरुधाम एफसी गोलबजारको विजयी सुरुवात ( भिडियो )

रोशन गुप्ता 

बारा, २३ बैशाख 

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा सुरु भएको चौथो बकुलिया भवानीपुर गोल्ड कप सुरु भएको छ । गोल्ड कपको उदघाटन खेलमा गुरुधाम एफसी गोलबजारको विजयी सुरुवात भएको र भोली बिरगंज युथ क्लब बिरगंज र एपिएफ क्लब बिच ३ बजे खेल सुरु हुने जानकारी वडा अध्यक्ष दिपेन्द्र चौधरीले दिए ।

बकुलिया खेलकुद मैदानमा भएको खेलको उदघाटन बारा क्षेत्र नं ४ क को प्रदेश सांसद देवनारायण चौधरीले गरेका थिए । शनिवार खेलको उदघाटन गर्दै बारामा फुटबलमात्रै नभएर समग्र खेल र खेलाडीको लागि वडा, नगर र प्रदेशले लगानी गर्नुपर्ने किनभने खेलकुदको माध्यमले विश्वमा देशलाई सहज रुपले चिनाउन सकिन्छ । विभिन्न प्रतियोगिता गराउँदै यस क्षेत्रका खेलाडीको क्षमता अभिबृद्धि गर्ने र राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउने गरी काम अघि बढाउने चौधरीले बताए । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद १ लाख ५० हजार र उपविजेतालाई ट्रफी सहित नगद ७५ लाख पुरस्कार प्रदान गरिने जानकारी जनकल्यानकारी क्लबका अध्यक्ष धनश्याम चौधरीले बताए । आजको कार्यक्रम चौधरी कै आध्यक्षतामा भएको थियो ।

शनिबार भएको उद्घाटन खेलमा गुरुधाम एफसी गोलबजार विजयी भएको छ। उद्घाटन खेलमा सी क्लब रौतहट बिच र गुरुधाम एफसी गोलबजार बीच भएको खेलमा २–० गोल अन्तरले गुरुधाम एफसी गोलबजार विजयी भएको छ । गुरुधाम एफसी गोलबजार का लागि खेलको पहिलो हाफमा ९ नम्बर जर्सीका खेलाडी कृष्ण रानाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने खेलको १३ओँ मिनेटमा १० जर्सीका खेलाडी समिर तमाङले दोस्रो गोल गरेका थिए । 

बैशाख ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । आयोजक जन कल्याणकारी क्लब सँग हल्दी समाज चितवन, गुरुधाम फुटबल क्लब गोलबजार सिरहा, बिरगंज युथ एकेडमी, ए.पि.एफ, जन उत्थान युवा क्लब सिन्धुली र बिरगंज युनाईटेड टिमको सहभागिता रहेको छ । 

कार्यक्रममा विशिष्ट अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी र दिपेन्द्र चौधरी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले शुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता , वडा १६ का वडा अध्यक्ष हरिदेव खरेल लगाएत स्थानियको उपस्थिति कार्यक्रममा रहेको जानकारी आयोजकले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *