नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएको छ । ग्यासको मुल्यमा गिरावट भए सगै पेट्रोलीयम पदार्थको मुल्य पनि निगमले घटाएको छ ।
खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १० रुपैयाले घटाएर १ हजार ७९० रुपैयाँ मुल्य कायम गरेको छ । यस भन्दा पहिला खाना पकाउने ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री हुदैआएको थियो ।
बाईक वा सानो सवारीमा प्रयोग हुने इनधन र ठुला गाडीहरुमा प्रयोग हुने इन्धनको भाउ भूगोल अनुसार फरक–फरक हुने गरी निगमले कायम गरेको छ । पेट्रोलको मुल्य प्रतिलिटर ६ रुपैयाले घटेको छ भने डिजल ४ रुपैयाले घटेको छ ।
यस भन्दा पहिला असार १८ गते देशका भौगोलिक क्षेत्रलाई तिन वर्गमा विभाजन गरेर इन्धनको मुल्य समायोजन गरेको थियो । इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मुल्य सुची पठाउने गर्छ, त्यस अनुसार नेपाल इनधनको मुल्य घटबढ हुने गर्छ ।