सुनसरी जिल्लाको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एक विराटनगरका युवकको हत्या भएको छ ।
बिराटनगरका २८ वर्षीय रोहित चौधरी शुक्रबार धरान–इटहरी सडक खण्डको जंगलमा गोली प्रहारबाट घाईते भएका थिए । उनको प्रतिष्ठानको आकस्मिक कक्षामा उपचारको क्रममा मृत्यु भएको हो ।
धनकुटाको मुलघाटबाट विराटनगर आउदै गरेको चौधरी माथी लुटपाटको नियतले अक्रामन गरेको जानकारी प्रभु ढकालले बताएका छन ।
चौधरी सँगै रहेकी विराटनगर कै सुमन खत्रीको अवस्था भने सामान्य रहेको छ । उनीहरु दुवै मोटरसाइकल बाट इटहरी तर्फ आइरहेको बेला करिब दिउँसो साढे ५ बजे तिर यो घटना घटेको प्रहरीले बताएका छन ।