रोशन गुप्ता
बारा, ३२ साउन
स्वास्तिक ट्रेड एण्ड कन्सर्नले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को वडा नं. ७ जितपुरमा टिभिएस मोटर साईकल शोरुमको शाखा सञ्चालनमा ल्याएको छ । होटेल व्यावसायमा निरन्तर अगाडी बढिरहेका जितपुरका युवा जोडी बिक्की गुप्ता र किरण पुरीले बिहीबार स्वस्तिक ट्रेड एण्ड कन्सर्नबाट टिभिएसको अधिकारीक डिलर लिएका छन ।
जितपुरसिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरुमको उद्घाटन गर्दै टिभिएस का सञ्चालक र टिभिएस टिमको समृद्धिका लागि शुभकामना व्यक्त गर्दै व्यवसायिक उघमको सफलताको आशा व्यक्त गरे । जितपुरको पहाडी टोलामा रहेको टिभिएस मोटरसाइकलको शोरुम बिहीबार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
टिभिएस मोटरसाइकलको आधिकारिक वितरण स्वस्तिक ट्रेड एण्ड कन्सर्न जितपुरका प्रोप्राइटर किरण पुरीले जीतपुरमा टिभिएस शोरुम स्थापनाका लागि करिब रु २ करोड २५ लाखको बताएका छन । शोरुममा नयाँ मोटरसाइकल, स्कुटर , स्पेयर पार्टस् र टिभिएस गाडीका लागि मेन्टिनेन्स सेवालगायत विभिन्न अफरहरु उपलब्ध गराइने पुरीले बताएका छन ।
कार्यक्रममा सामाजिक अभियन्ता कृष्णवर्त सिंह, टिभिएसको प्रधान कार्यालयका टिभिएसको एच.ओ.डी. ड्रोना संग्रौला, संतोस पारिक , जितपुरसिमरा नगर उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरी, जितपुरसिमरा नगर उधोग वाणिज्य संघका महासचिव प्रकास गिरी , टिभिएस सिमरा उधागका जि.एम. अशोक सरकार, आर्थिक शाखा प्रमुख राजकुमनर सर्राफि, लोजिस्टिक प्रमुख विशाल गुप्ता, पि.डि.आई ईन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आर.एम देवेन्द्र ढुंगाना, केशभ झा, साना किसान सहकारी संस्थाकी अध्यक्ष कमला रिमाल, जितपुरसिमरा नगर उधोग वाणिज्य संघका सदस्य राजुराज गिरी , सागरमाथा लुम्बिनी इन्स्योरेन्स सिमरा शाखाका प्रमुख रुकु पाख्रिन , अमर यादव, जितपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष फैजुल्लाह अंसारी लगायतको उपस्थिति रहेको थियो ।

