पालिकाको कार्यालय टाढा भएको कारणले गर्दा एक बृद्ध महिला रेलिमाया स्याङबोले व्हीलचेयर घरदैलोमै उपल्बध गराई दिन वडा ३ का वडा अध्यक्ष ताराबहादुर कार्की सँग गुहार गर्नुभयो । कार्कीले पालिकाको कार्यालयमा आफै गई कार्यालयबाट व्हीलचेयर बृद्धको घरदैलोमै उपल्बध गराए ।
व्हीलचेयर घरदैलोमै सहजरुपले उपल्बध भएको देख्दा बृद्धमहिला धेरै खुशि भइन । उहाँले बताईन कि यस दुनियामा वहाँको कोही छैन, श्रवण छोराको रुपमा वडा अध्यक्ष पाएको वहाँले बताइन ।
आफुले गरेको वडा प्रति आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको वडाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो –“सबैले यसरी नै अलिकति भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।” त्यस्तै उहाँले आफनो वडा भित्र संचालित रहेका विधालयहरु बाट छनोट गरी गरिव, जेहेन्दार , उत्कृष्ठ अंक ल्याउने दश जना छात्राछात्र वडा अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ठ काम गर्ने केही व्यक्तिलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताएका छन ।
वडा अध्यक्षले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको निजगढ का मध्ये तराई एफएम स्टेशन मैनेजर पवन सिंहले बताएका छन । कार्की ज्युले गरेको कार्य जे जति होस राम्रो कामको सुरुवात गर्नुभयो’ उहाँले भन्नुभयो– ‘यो कामले पक्कै समाजमा केही भएनी सकारात्मक प्रभाव पक्कै पर्नेछ ।’

