जितपुरको सामुदायीक विधालयको स्वमित्वमा रहेको सेटर अरुलाई भाडामा दिनेहरुको सम्झौता खारेज गर्ने

रोशन गुप्ता

बारा, ०३ भदौ
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको समुदायीक विधालय श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय नगौल जितपुरको स्वमित्वमा रहेको सेटर अरुलाई भाडा दिनेहरुको सम्झौता खारेज गर्ने भएको छ ।

साउन ३२ गते बिहीबारको दिन विधालय व्यवस्थपन समितिको निर्णय अनुसार यस विधालयको स्वमित्वमा रहेको बहाल सेटर कोठा जसको नाममा विधालयको रेकर्डमा कायम रहेको छ, उसैलाई नै प्रयोग वा उसको आफ्नै परिवारको सदस्यले प्रयोग गर्ने भनि निर्णय भएको छ । 

यदी कसैले आफनो नाममा दर्ता रहेको सटर अरुलाई भाडामा दिएकोछ भने सो सटर ३५ दिन भित्र खाली गराईने तथा उक्त सटर नियमानुसार विधालय कै मातहतमा आउने निर्णय उलेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *