जितपुरसिमरा को वडा ३ ले बिहीबार निःशुल्क रुपमा फलफुलको बिरुवा वितरण गर्ने

रोशन गुप्ता

बारा, ०६ भदौ

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ३ को कार्यालयले बिहीबार निःशुल्क रुपमा बोट बिरुवा वितरण गर्ने भएको छ । वडा क्षेत्रलाई हरियाली बनाउ तथा कृषकहरुलाई फलफुल खेतीमा आकर्षित बनाउने उदेश्यका साथ आँप , लिचि , कटहर र अनार जातका बिरुवा वितरण गरिने भएको हो । 

वडा अध्यक्ष तारा बहादुर कार्कीले भने “एक घर दुई बिरुवा फलफूलका बोटबिरुवा रोप्न सक्यौं भने आफैलाई खान पनि हुने हरियाली पनि हुन्छ । यसरी निःशुल्क रुपमा बिरुवा प्रदान गरेपछि कृषकहरु पनि सामूहिक तवरले व्यवसायिक खेतीतर्फ आकर्षित हुने र आम्दानीको राम्रो स्रोत बन्ने छ । “व्यवसायिक रुपमा फलफूलको खेती गर्ने कृषकलाई वडा कार्यालयले सक्ने सहयोग गर्ने कार्कीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *