भारतबाट १ सय भन्दा बढीको समान ल्याउँदा लाग्ने भन्सार शूल्कलाई हटाउन सांसद यादवको माग

रोशन गुप्ता

बारा, ०७ भदौ /

बिरगंज भन्सार नाकाले बिगत केही दिन देखि १ सय भन्दा बढीको समान ल्याउदा लाग्ने शुल्क सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई हटाउनु पर्ने जनता समाजवादी पार्टी (जसपा) का प्रमुख तथा प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदिप यादवले बुधबार प्रतिनिधिसभाको बैठकमा बताएका छन ।

देशका नाकाहरुमा सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि भारतको बजारबाट दाल, तेल , मसला ल्यउन खोज्दा भन्सार नाकामा प्रहरीले दुख दिने गरेका हुन्छन । हुन्त प्रहरी हाम्रो साथी हो भन्नेले आफनै देशका जनताहरु घर खर्चका लागि ल्याउने समान रोक्न खोजनु जुन एकदमै अव्यवहारिक छ । सरकारले हाल लागु गरको नियम तत्काल हटाउनु पर्ने वा सच्याउनुपर्ने यादवले बताएका छ । 

नेपाल भारतको रोटी–बेटीको सम्बन्ध भएको कारणले गर्दा अधिकान्स व्यक्तिले भारत–नेपाल आउन जादा ल्याउदा मिठाई लिएर नै आउने गर्ने गर्दछन, जुन १ सय रुपैयामा खरिद गर्न सम्भवन नभएको कारणले सरकारले यसमा ध्यान दिनुपर्ने हुन्छ । भारतमा रोजी रोटीको खोजीमा धेरै व्यक्ति नेपाल बाट भारत जाने गर्दछन, उनीहरु पनि नेपाल फर्किदा केही समाग्री खरिद गरी नेपाल ल्यउदा उनीहरुलाई पनि भन्सार प्रहरीले दुःख दिने गरेका हुन्छ । यसमा भन्सार प्रहरीको कुनै गलती नरहेको किन भने केन्द्रले तोकेको निर्णयमा रहेर कार्य गर्नुपर्ने हुन्छ । 

हवाई मार्ग बाट ३ लाखको २ वा ४ मोबाईल , ल्यापटप र केमरा भित्राउदा त्यहाँ कर नलाग्ने तर समान्य छिमेकी राष्ट्र भारतबाट १ सयभन्दा को समान ल्याउदा भन्सार कार्यालयले कर लिने, यस्तो विभेद आखिर किन? सरकारको निर्णयले सीमा क्षेत्रमा समस्या निम्त्याउने गरेको सांसद यादवले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *