पालिकाका अध्यक्ष सहित ७ जना जुवाखेल्दै प्रहरी फन्दामा

रोशन गुप्ता

बारा, ०८ भदौ

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाका अध्यक्ष सहित ७ जनालाई बैदाम प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको छ । ४ लाख ४७ हजार नगद फेला परेको प्रहरीले जनाएको छ ।

बैदाम गाउँपालिकाका अध्यक्ष मोहन थकाली भनिने मोहन सिंह रहेका छन । उनीहरुलाई पोखरा ८ सिर्जना चोकस्थित होटल लक्ष्मीबाट जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बैदाम प्रहरी प्रमुख वेद जोशीले बताएका छन । 

पक्राउ पर्नेमा होटेल सञ्चालक मुस्ताङ भरझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, पोखराका ४६ वर्षीय नवीन प्रसाद थकाली , महेन्द्रपुलका ५३ वर्षीयय गुन्जन हिराचन, ५७ वर्षीय दलबहादुर हिराचन पनि रहेको प्रहरीले बताएका छन । 

प्रहरी हिरासतमा रहेका सबैजुवाडे माथि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिएसपी जोशीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *