कोशीमा एमाले बाहेक कसैको सरकार नबने, ४७ होइन ५० भन्दा माथि आउने: ओली

रोशन गुप्ता 

बारा, ०८ भदौ

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै, ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रििक र असंवैधानिक क्रियाकलापमा कारण कोशीमा अस्थिरता भएको बहाँले बताए । सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने?

हिजो हतियार उठाएर हिंडेका माओवादीले संविधान नमान्नु ठुलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपथ्र्यो नि कमसेकम ।’  सं िअबको निकास के भन्ने प्रश्नमा वहाँले बताए , ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ । सरकार चलाउन त ४७ (बहुमत) पुर्याउनु पर्ला नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ४७ होइन, ५० भन्दा माथि आउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *