शनिवार १ बजे नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं, 
शनिवारको दिन १ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको हो । यस भन्दा पहिला मंसिर ३ गते बसेको सचिवालय बैठक १० दिन पछि पुन बस्ने भएको हो ।
मंसिर ३ गते बुधवारको दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव पेश गर्नुभएको थियो, तर सो प्रस्तावमा दुबै अध्यक्षको सहमति न भएको कारण त्यस प्रस्तावलाई आधिकारिक प्रस्ताव न भएको हो ।
शनिवार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएकोे सचिवालयका एक सदस्यले जानकारी दिएका हुन । यस बैठकमा राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेको र सो प्रस्ताव भोली अर्थात शनिवार १३ गते बैठकमा पेश हुने भने जानकरी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी उपल्बध गराउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *