नेकपा माओबादी केन्द्रका चर्चित युवा नेता एमालेमा प्रवेश

रोशन गुप्ता
बारा, २४ कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ३ बजनीका नेकपा माओबादी केन्द्रका एक चर्चित युवा नेता क. भाष्कर बस्नेत र क. राजु घिमिरे नेकपा एमालेमा प्रवेश गरेका छन ।

शुक्रबार एक कार्याक्रम बिच वडा कार्यालय बजनीमा वडा अध्यक्ष तारा बहादुर कार्कीले माला र टिका लगाई पार्टी प्रेवश गराउनुको साथै आउदै गरेको दिपावली तथा छठ पर्वको शुभकामना पनि दिएका थिए । 

नेकपा माओबादी छोडेर एमाले आएका नेता भाष्कर र बस्नेतले एमाललेको निति र विचारबाट प्रभावित भएर नै प्रवेश गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *