भारतीय निर्भर्ता कमगर्ने उदेश्यले बजनी वडाले निःशुल्क बोटबिरुवा वितरण

आर के गुप्ता
बारा, १८ कार्तिक
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ३ कार्यालयले निःशुल्क रुपमा ३ हजार फलफुलको बोटबिरुवा वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रम बिच सूर्य नेपाल प्रा.लि ले बजनी वडा कार्यालयलाई निःशुल्क रुपमा ३ हजार बोटबिरुवा वितरण गरेको छ । बजनी वडा कार्यालयले शनिवार एक कार्यक्रम आयोजना गर्दै वडावासीलाई निःशुल्क रुपमा हस्तान्तण गरेको थियो । वडा कार्यालयले १ हजार आपको बोट (अमरपाली) , १ हजार लिच्ची र १ हजार कटहर फलफुलको बोटबिरुवा वितरण गरेको छ । वडा कार्यालयले शनिवार एक कार्यक्रमको आयोजना गर्दै वडावासीलाई निःशुल्क रुपमा बितरण गरेको हो । 

 

भारतीय निर्भता कम गर्ने उदेश्यले फलफुलको बोटबिरुवा वितरण गर्नु र वडाका कृषकलाई व्यवासायिक फलफुल खेतीमा प्रोत्साहन गर्ने उदेश्यका साथ फलफुलको बोट दोस्रो पटक वितरण गरिएको तथा वितरण गरिएको बोटबिरुवा हुर्काउने वडावासीलाई प्रति बोट १ हजार उपहार वडा कार्यालयले दिने भन्दै कार्यक्रम बिच वडा अध्यक्ष तारा बहादुर काकीले बताएका छन । 

देशका धेरै कारखानाहरू बन्द हुने अवस्थामा पुगेका छन । आर्थिक मन्दीको बीचमा, हाम्रो आफ्नै फल उत्पादनमा निर्भर हुन सकेन भने भारतबाट आयात हुने फलफूलमा पूर्ण निर्भरता हुन सक्छ । खाडी मुलुकमा काम गर्ने हाम्रा नागरिकले पठाएको मेहनतको पैसा छिमेकी मुलुक भारतमा फर्कन निकै समय लाग्दैन । वडाले वितरण गरेका बिरुवालाई आफ्नै सन्तानसरह हुर्काउन सके खाडीमा रोजगारीको आवश्यकता कम गर्न सकिने स्थानीय सुशील दोधारीले बताए ।

नेकपा एमालेका पोल्युट ब्युरो सदस्य एवं क्षेत्र न ३ का संघीय सांसद ज्वाला कुमारी साहको अतिथ्यतामा भएको कार्यक्रमको संचालन वडा सचिव अनिल विश्वकर्माले गरेका थिए । स्थानियको लागि अग्रसर भई वडाले गरेको हरेक कार्य वडा तथा देशकै हितमारहेको कर्यक्रम बिच साहले बताएकी हुन । 

कार्यक्रममा वडा सदस्य चिम बहादुर पाक्रिन ,देवनारायण चौधरी , अनिता देवी खत्री , राकेश लामा लगायत स्थानियको उपस्थिति रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *