SLF खबर सम्बददाता /
सर्लाही, ३ बैशाख
जिल्ला प्रहरी कार्यालय सर्लाही, मातहत ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको united nation office for project services ( UNOPS ) अन्तर्गतDepartment for International Development (DFID) को सहयोगमा निर्मित कार्यालय तथा ब्यारेक भवनको प्रहरी प्रधान कार्यालय, नक्साल मानबस्रोत एंब् प्रशासन बिभागका प्रमुख,श्रद्धेय श्रीमान् प्रहरी अत्तिरिक्त महानिरीक्षक, निरज बहादुर शाहीज्यूद्वारासमुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख श्री मेथुर चौधरीज्यू, बागमती नगरपालिकाका नगर प्रमुख श्री भरत कुमार थापाज्यू, बागमती नगरपालिकाका उप-प्रमुख श्री लिला कुमारी मोक्तानज्यू, प्रमुख जिल्ला अधिकारी श्री हेमराज तामाङ ज्यू, २ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्रीमान् धिरज प्रताप सिंहज्यू लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखज्यूहरु, सञ्चारकर्मीज्यूहरु, समुदाय-प्रहरी साझेदारी समितिका पदाधिकारी ज्यूहरु, स्थानीय तहका पदाधिकारीज्यूहरु, जेष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीज्यूहरु, समाजसेवी, उद्योग वाणिज्य संघका प्रतिनिधि ज्यूहरु,सकल दर्जाका प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीज्यूहरु, स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर ज्यूद्वारा शुभकामना मन्तव्य प्रदान गरिएको थियो । भवन निर्माण सम्बन्धी प्रतिवेदन UNOPS (DFID) कावरिष्ट ईन्जिनियर शिशिर उपाध्याय ज्यूद्वारा प्रस्तुत गरिएको थियो ।उक्त कार्यक्रममा समन्वय समिति सर्लाहीका प्रमुख श्री मेथुर चौधरीज्यू, बागमती नगरपालिकाका नगर प्रमुख श्री भरत कुमार थापाज्यू, प्रमुख जिल्ला अधिकारी श्री हेमराज तामाङज्यू लगाएतले शूभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी अत्तिरिक्त महानिरीक्षक निरज बहादुर शाहीज्यूद्वार समुदघाटन पश्चात कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । प्रमुख अतिथिज्यूको निर्देशन सम्बोधन पश्चात२ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्रीमान् धिरज प्रताप सिंहज्यूद्वारा धन्यवाद ज्ञापन गरिएको थियो

