बिरगंजमा थप ५० जनामा कोरोना सक्रमण पुष्टि

जय प्रकास साह /
पर्सा, ३ बैशाख
पर्सा जिल्लाको बिरगंज महानगरपालिका मा ५० कोरोना संक्रमण पुष्टि । शुक्रबार नारायणी अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परिक्षणमा ५० थप कोरोना संक्रमित पुष्टि भएको छन ।

कोरोना टेस्टको लागि ९४ जनाको स्वाब परिक्षन गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो । यसमा सबै भन्दा ज्यादा पर्सा जिल्लका व्यक्तिहरुलाई कोरोना पुष्टि भएको छ । ५७ मध्ये ५० जना पर्सा जिल्लाका रहेको थिए भने ४ बारा जिल्ला र ३ जना रौतहट जिल्लाका रहेका थिए ।


कोरोना संक्रमित हुनेमा महिला भन्दा ज्यदा संख्या पुरुषहरुको रहेको छ । संक्रमितमा पुरुषहरुको संख्या ३७ रहेको छ भने महिलाहरुको संख्या २० रहेको छ ।

संक्रमितहरुको उमेर भने १२ देखि ७२ वर्षसम्म रहेका महिला पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *