जय प्रकास साह /
बिरगंज, ४ बैशाख
पर्सामा ९० जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि (पोजेटिभ) भएको छ । बिरगंज स्थित नरायणी अस्पतालको प्रयागशालामा गरिएको परिक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

कोरोना संक्रमित ४५ मध्ये ६ जना बारा, ३८ जना वीरगंज महानगरपालिका तथा एक जना पर्सागढी नगरपालिकाका बासिन्दा रहेको छन । कोरोना संक्रमित बिरगंजमहानगरपालिका वडा २,३,४,६,७,९,१०,१२,१३,१४,१५ र २८ का व्यक्तिहरु रहेको छन ।

हाल ४५ जना कोरोना संक्रमित हुने मध्ये पहिला भन्दा ज्यदा पुरुषहरु संक्रमित रहेको छन । कोरोना संक्रमित हुनेमा १९ महिला र २६ पुरुषहरु रहेको छन ।

संक्रमित भएका मानिसहरुको उमेर ६ वर्ष देखि ८२ वर्षका व्यक्तिहरु रहेको नरायणी अस्पतालका कोभिड संयोजक डा.सरोज दासले जानकारी गराएका हुन ।

