सप्तरी
लागूऔषधीको कारोबार गर्दै गरेको एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागुऔषधी बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति ३२ वर्षिय राजीव मण्डल त्यही नगरपालिकाको वडा १० इनर्वा मा बस्दै आएका हुन ।
पक्राउ पर्ने व्यक्ति आफ्नै घरमा अनेकौ प्रकारको लागुऔषधी बेच विक्री गरेको गोप्य सुचनाको अधारमा विहीबार लागुऔषधी सहित उनलाई प्रहरी हिरासतमा लिई अनुसंन्धान लाई अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट जानकारी प्राप्त भएको हो ।
मण्डलको घरबाट प्रहरीलाई गाँजा १ सय २५ ग्राम , डाइलेक्स डीसी १० बोतल , स्पास्मो प्रोसिभन ७५ क्पापसुल, नाईट्राभेट ८३ ट्याबलेट र नाईट्रोसन ५१ ट्याबलेट फेला परेको प्रहरीले जनाएको हो ।

