ज्येष्ठ नागरिकहरुलाई मायाको चिनो स्वरुप सुरक्षा सामाग्री वितरण गरियो

पोखरा, १३ गते
लाल बाबु कुश्वाहा

मंसीर पोखरा महानग्पालीका स्थित पोखरा बृधाश्रम ,साविक भरत पोखरी गा.बि.स.को वडा नं ५,६,७,८ र ९ का ६५ बर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकदरुलाइ सुरक्षा सामाग्री वितरण गरीएको छ । विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षाका निम्ति न्यानो टोपी,पन्जा,मोजा,गलबन्दी,हात धुने झोल साबुनथान,चार्जर लाइट साथै न्यूट्रिसियस फुड पनि वितरण गरिएको छ यूनएफपीएको (UNFPA) आर्थिक सहयोग द्वारा नेपाल युवा संस्था सन्जाल(आयोन)ले (AYON) आयोजना गरेको सुरक्षा सामाग्री बितरण कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सभासद माननीय मिना गुरुङ्गले “आँफू पनि अव केहि बर्ष पछि ज्येष्ठ नागरिक बन्ने हुनाले अब बचेको आफ्नो सभासद कार्यकालको साय ज्येष्ठ नागरिकको हक र हितको लागी खर्चने” बताइन । विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षा राख्नु राज्यको दायीत्व हो, भन्दै नेपाल युवा संस्था सन्जाल(आयोन) (AYON) ले गरेको यस्तो राम्रो कामको प्रसंसा पनि गरिन । कार्यक्रममा उक्त वडाका वडाध्यक्ष शिव प्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रो सँग प्रायोग गर्न,ज्येष्ठ नागरिकहरुले आँफुले पनि जाने सम्मका सुरक्षाका उपायहरु प्लनाउन अनुरोध गरे । आयोनले बिगत १४ बर्ष देखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो बर्ष देखि ज्येष्ठ नागरिकहरुको लागी पनि काम गर्न थालेको छ र यो नै आयोनको ज्येष्ठ नागरिकको हकमा पहिलो कार्यक्रम भयको उक्त सन्स्थाको सचिब सन्जय कुशवाहाले बताय र फेरी फेरी पनि यस्ता कार्यक्रमहरु अध्याक्ष जगदिश अयेर को अगुआइमा गर्ने बचन बद्दता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *