ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी

SLF KHABAR
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ।

जेनजी आन्दोलनका क्रममा युवाहरूको मृत्यु भएको भन्दै पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन्।

जाहेरीमा मृत्यु भएका सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम उल्लेख गरिएको छ।

ओलीले प्रत्यक्ष आदेश दिएको र यो जघन्य अपराध भएको दाबी जाहेरीमा उल्लेख छ। साथै, घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ। शव परीक्षण प्रतिवेदन र घटनास्थल मुचुल्का प्रमाणका रूपमा प्रस्तुत गर्नसमेत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *