उपचारमा केही राहत पुर्याउने उद्देश्यले महासंघ बाराको तर्फबाट रु २० हजारको चेक आलमकी श्रीमतीलाई बारा जिल्लाको परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रम महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी र कोषाध्यक्ष रञ्जन यादवले संयुक्त रूपमा सम्पन्न गर्नुभयो। यस अवसरमा कोषाध्यक्ष यादवले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर गर्दै कठिन घडीमा साथ दिनु महासंघको दायित्व भएको बताउनुभयो। उहाँले यस्तो अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।