कारागारबाट रिहा भएका रवि लामिछाने काठमाडौं आइपुगे, आजै जेनजी घाइते र शहीद परिवारसँग भेट

SLF KHABAR
कारागारबाट हिजो मात्रै रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।

चितवनमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी केही समयअघि काठमाडौं आएका हुन्। लामिछानेले आजै जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। 

विमानस्थलबाट सिधै घाइतेहरूलाई भेट्न जाने तयारी रहेको उनको निकट स्रोतले जनाएको छ। साथै, आजै पार्टी कार्यालयमा उनलाई स्वागत गर्ने कार्यक्रमसमेत राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *