अत्यधिक चिसोका कारण परवानीपुरका विद्यालय पाँच दिन बन्द

SLF KHABAR
बाराको परवानीपुर गाउँपालिकाले चिसो अत्यधिक बढेपछि विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएको भन्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गतेसम्म विद्यालयको पठन–पाठन बन्द रहनेछ। यस अवधिको बिदा वर्षे बिदाबाट कट्टी गरिने गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारद्वारा जारी सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू नियमित समयअनुसार पुनः सञ्चालन हुनेछन्। मौसम अनुकूल भएमा बिदा अवधिमै विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *