हरपूर मस्जिदको सौन्दर्यकरणका लागि वडा कार्यालयको ५ लाख बजेट, मिनार निर्माण सम्पन्न

SLF KHABAR
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ हरपूरमा रहेको मस्जिदको सौन्दर्यकरणका लागि वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट विनियोजन गरी मिनार निर्माण तथा मस्जिदको सौन्दर्यकरण गरेको छ।

लामो समयदेखि मस्जिदको सौन्दर्यकरणको माग स्थानीयवासीले उठाउँदै आएपछि वडा अध्यक्ष सुलतान अंसारीको पहलमा वडाको बजेटबाट उक्त कार्य अघि बढाइएको हो। निर्माण सम्पन्न भएसँगै मस्जिदको संरचनात्मक सौन्दर्य बढ्नुका साथै वडाको पहिचान र आकर्षणसमेत थपिएको स्थानीयले बताएका छन्।

वडा अध्यक्ष सुलतान अंसारीले भने,
“धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र विकास वडाको प्राथमिकता हो। स्थानीयको मागलाई ध्यानमा राखेर बजेट छुट्याइ मस्जिदको मिनार निर्माण गरेका हौं।”

स्थानीयवासीका अनुसार मस्जिदको सौन्दर्यकरणले धार्मिक वातावरण मजबुत बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन र वडाको समग्र सौन्दर्यमा पनि सकारात्मक प्रभाव पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *