बारामा दाइजो रहित विवाह गरे पत्रकार रोशन, मधेश प्रदेशका दुई पालिकाले गरे सम्मान

रोशन गुप्ता  

बारा, ११ बैशाख

मधेशमा धेरैले दाइजो प्रथाको विरोधमा आवाज उठाइरहेका छन, तर वास्तवमा थोरैले मात्र ती शब्दहरु व्यहारमा उतारेका छन । यसै सन्दर्भमा युवा पत्रकार रोशन गुप्ताले दाइजोमा एक रुपैयाँ पनि नलिई विवाह गरेर उल्लेखनीय उदाहरण प्रस्तुत गरेका छन । 

 

गुप्ता हाल एल.एल.बी (LL.B) को दोस्रो वर्षमा अध्यनरत रहेका छन । अधिवक्ता बनेपछि गरिब जनताको अवाज बन्ने तथा न्यायको लडाइमा जनताहरु सँग एक रुपैया पनि नलिने वहाँले बताएका छन ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका –७ , जीतपुर निवासी पत्रकार रोशन गुप्ता र सर्लाहीको सुखचैना गाउँपालिका वडा–१ निवासी दिपनारायण साहकी जेठी छोरी निशा साहबिच दाइजो रहित विवाह सम्पन्न भएको हो । 

मधेश प्रदेशको बारा जिल्लाको बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल र प्रसौनी गाउँ पालिकाका अध्यक्ष बिनोद जयसवालले नव बिवाहित जोडीको घरमै पुगेर सम्मानपत्र सहित सम्मानित गर्नुभएको छ । 

मधेशमा दाइजो प्रथा अन्त्यको बारेमा सामाजिक संजाल र सार्वजनिक भाषणमा मात्र सिमित देखिन्छ । वास्तवमा, थुप्रै शिक्षित र जागिरे युवाहरुले ठुलठुला दाइजो स्वीकारेर यो हानिकारक परम्परालाई बढावा दिइरहेका छन ।

पत्रकार रोशन गुप्ता मधेश प्रदेशको चर्चित पत्रिका मधेश संचार राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक तथा निर्देशक हुन । सामाजिक मुद्दाहरूमा निर्भीक रिपोर्टिङका लागि परिचित गुप्ताले आफ्नै कार्यहरूमार्फत समाज सुधारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन ।

पत्रकार रोशन गुप्ता र निशा गुप्ताले दाइजोमुक्त विवाह गरेर समाजमा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकोमा हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *