SLF खबर सम्वाददाता /
पर्सा, १२ बैशाख
जिल्ला अदालत पर्साले २०७३ असारमा बुधन चामर माथी अपहरण तथा शरिर बन्धक मुदामा ९ वर्ष कैद र ५० हजार रुपैया जरिवाना तोकिएको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चमार करिब ४० वर्षीय पर्साको बसडिलवा निवासी रहेको हुन ।
शनिवार प्रहरीले चामरको आफनै घर बिरगंज महानगरपालिका–२९ बाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत पर्साले आरोपी ठहर भए देखिनै चामर फरार रहँदै तथा लुकिछिपि बस्दै आएको थिए । आरोपीले भारतको रक्सौल नगरपरिषद वडा–२१ मा बस्दै आएका २१ वर्षीय रितेश कुमारलाई अपहरण गरि फिरौती रकमको माग मागेको आरोपमा आदालतले २०७३ असार ६ गतेको दिन ९ वर्ष जेल तथा ५० हजार जरिवाना सुनाएको थियो ।

आरोपी आफ्नै घरमा लुकिछिपि बस्दै आएको जानकारी प्रहरीलाई प्राप्त भए लग्तै वडा प्रहरी कार्यालय श्रीपुरले चामरलाई पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) ओमप्रकास खनालले बताएको हुन ।


