बालबालिकाको स्वास्थ्य जोखिम बढेपछि जीतपुरसिमरामा विद्यालय बिदा लम्ब्याइयो

SLF KHABAR
चिसो अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा दिइएको बिदा थप गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाका अनुसार पुस १३ र १४ गते थप बिदा दिइनेछ।

यसअघि उपमहानगरपालिकाले पुस ११ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको थियो। तर चिसोसँगै शीतलहरको प्रभाव बढ्दै गएपछि बिदा अवधि थप गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए।

मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *