कलैयास्थित यातायात कार्यालयमा कर्मचारीमाथि मोबिल प्रहार

SLF KHABAR
यातायात व्यवस्था कार्यालय बारा, कलैयामा कार्यरत एक कर्मचारीमाथि मोबिल प्रहार भएको छ।

कलैया उपमहानगरपालिका–३ गगापुरस्थित कार्यालय परिसरमै ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक युवाले घटनाको जिम्मेवारी लिँदै पौडेलमाथि मोबिल प्रहार गरेको दाबी गरेका छन्। आफूलाई ‘जेनजी अगुवा’ बताउने ती युवाले उक्त प्रहार गरेको बताएका भए पनि घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजको आधारमा संलग्न व्यक्तिको पहिचान गर्ने कार्य सुरु गरेको जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *