जीतपुरसिमरा उपमहानगरद्वारा चरणबद्ध निःशुल्क रेबिज खोप शिविर

SLF KHABAR
रेबिज रोगको नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्ने भएको छ।

उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा जिल्ला बारा भित्रका विभिन्न वडामा चरणबद्ध रूपमा उक्त शिविर सञ्चालन गरिने जनाइएको छ।

पशुपन्छी विकास शाखाका अनुसार उपमहानगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर तथा बिरालालाई निःशुल्क रेबिजविरुद्धको खोप प्रदान गरिनेछ। शाखा प्रमुख डा. सुवास झाले रेबिज जस्तो घातक रोगबाट मानव तथा पशु दुवैको स्वास्थ्य सुरक्षाका लागि यो अभियान अत्यन्तै महत्वपूर्ण हुने बताए।

कार्यतालिका अनुसार वडा नं. १ पथलैयामा माघ १२ गते खोप शिविर सञ्चालन हुनेछ। त्यसैगरी वडा नं. २१ र २२ मा माघ १३ गते, वडा नं. १८ मा १४ गते, वडा नं. १७ मा १५ गते, वडा नं. १६ मा १९ गते, वडा नं. १९ र २० मा २० गते, वडा नं. १५ मा २१ गते, वडा नं. १४ मा २२ गते तथा वडा नं. ४ मा २३ गते निःशुल्क रेबिज खोप शिविर सञ्चालन गरिने जारी सूचनामा उल्लेख गरिएको छ। अधिकांश वडामा शिविर वडा कार्यालय परिसरमै सञ्चालन हुने जनाइएको छ।

शाखाले सम्बन्धित सबै वडा बासिन्दालाई आफ्ना घरपालुवा कुकुर तथा बिरालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा ल्याई खोप लगाउन आग्रह गरेको छ।

यस अभियानले रेबिज रोगको जोखिम घटाउनुका साथै जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *