चुनावी मुखमा खानेतेल महँगियो, उपभोक्तामा आक्रोश

SLF KHABAR
नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ।

भटमास र सूर्यमुखी तेल प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म बढेर २ सय ९० देखि ३ सय रुपैयाँ पुगेको छ भने तोरीको तेल ३ सय ८० देखि ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

एक सातामै मूल्य तीव्र रूपमा बढ्दा उपभोक्ताको भान्सामा प्रत्यक्ष असर परेको गुनासो गरिएको छ। उपभोक्ताहरूले मूल्यवृद्धिको स्पष्ट कारण नखुलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। खुद्रा व्यापारीहरूका अनुसार होलसेलमै मूल्य बढेर आएकाले खुद्रामा महँगो पर्न गएको हो।

उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र भारतमा बढेको मागका कारण आपूर्तिमा दबाब परेपछि मूल्य बढाउनुपरेको दाबी गरेका छन्। उता, उपभोक्ता अधिकारकर्मीहरूले भने चुनाव नजिकिँदै गर्दा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गरिएको आरोप लगाएका छन्।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेलको मूल्यवृद्धिबारे जानकारी आएको र उद्योगीहरूसँग छलफल तथा अनुगमन प्रक्रिया सुरु गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *