१०० दिनमै चम्किइन् प्रतिभा रावल ! बालेन सरकारमा सबैभन्दा बढी चर्चा किन ?

SLF KHABAR
बालेन शाह नेतृत्वको सरकारको १०० दिन पूरा हुँदै गर्दा समग्र सरकारको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका छन्। तर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भने आफ्नो कामका कारण चर्चाको केन्द्रमा पुगेकी छन्।

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरु गर्नु, भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको थालनी गर्नु र निजामती सेवा सुधारका लागि महत्वपूर्ण विधेयक अघि बढाउनु उनका प्रमुख उपलब्धि मानिएका छन्।

सरकारको समग्र मूल्याङ्कन मिश्रित भए पनि छोटो अवधिमै जनचासोका विषयमा सक्रिय देखिएकी मन्त्री रावललाई धेरैले बालेन सरकारकी ‘सबैभन्दा प्रभावशाली मन्त्री’का रूपमा हेर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *