जीतपुरसिमरा उपमहानगरपालिकामा वडा कार्यालयलाई थप अधिकार — सेवा अब झन् छिटो

SLF KHABAR
जीतपुरसिमरा उपमहानगरपालिका ले सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय लिँदै वडा कार्यालयहरूलाई थप अधिकार र जिम्मेवारी दिएको छ।

नगर कार्यपालिकाको कार्यालयबाट जारी पत्रअनुसार अब स्थानीय सेवासम्बन्धी धेरै काम वडा स्तरमै सम्पन्न हुनेछन्। यसले सेवाग्राहीलाई नगरपालिकासम्म धाउनुपर्ने झन्झट हटाउने अपेक्षा गरिएको छ।

के–के अधिकार दिइयो वडा कार्यालयलाई?
👉 व्यवसाय दर्ता तथा नवीकरण
👉 घर बहाल कर व्यवस्थापन र संकलन
👉 नक्सा पास र अभिलेख व्यवस्थापन
👉 जन्म, मृत्यु, विवाह लगायत व्यक्तिगत घटना दर्ता (Online System सहित)

किन महत्वपूर्ण छ यो निर्णय?
यो व्यवस्थाले सेवा विकेन्द्रीकरणलाई मजबुत बनाउँदै स्थानीय तहमा नै छिटो सेवा पाउने वातावरण तयार गर्ने विश्वास गरिएको छ। अब सामान्य कामका लागि नागरिकले लामो लाइन र झन्झट बेहोर्नु नपर्ने बताइएको छ।

जनताको प्रतिक्रिया के होला?

के वडा कार्यालयले प्रभावकारी रूपमा जिम्मेवारी सम्हाल्न सक्छन्?
 सेवा अझै छिटो र पारदर्शी हुन्छ कि?

अब सबैको ध्यान कार्यान्वयनतर्फ — निर्णय राम्रो, तर परिणाम कस्तो आउँछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *