विरगंज, १३ असार
निषेधाज्ञाको अवधी पर्सामा २० गते सम्म पुन लम्बिएको छ । जिल्लामा कोरोना संक्रमण दर बढदै गएको कारण बैशाख १६ गते देखि जारी निषेधाज्ञाको अवधि सातौँ पटक थप गर्दै असार २० गते मध्ये राती सम्मका लागि लम्ब्याइएको हो ।

कोरोना संक्रमण दरमा खासै परिवर्तन नआएको कारणले गर्दा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले आइतबार बसालेको बैठकमा सो निषेधाज्ञाको अवधि वढाइएको जानकारी डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिर ।

आइतबार बसालेको बैठकमा अत्यावश्यक सेवाका साथै स्वास्थ्य मापदण्डको पालना गरी–गराई आलोपालो मिलाएर सरकारी, सार्वजनिक र निजी कार्यालय खोलिने निर्णय गरिएको हो ।

जानौ यस निषेधाज्ञामा कुन कुन सेवा संचालनमा रहिरहने छन ।
१. सरकारी कार्यालय तथा निजी कार्यालय आलो–पालो संचालन गरिने भएको छ ।
२. स्वास्थ्य सेवा खुल्ला रहिरहने छ ।
३. सार्वजनिक यात्रुबाहक सवारी साधनहरु संचालन गर्न पाइने छैन ।
४. बिरगंजको इनर्वा नाकाबाहेकका नाकाबाट भारतबाट समान ओसार–पोसार गर्न पाइने छैन तथा सिमा वारपार गर्न पाइने छैन ।
५. होटेल तथा फास्ट फुड सेन्टरहरुले होम डेलिभरी सेवा मात्र संचालन गर्न पाउने छन ।

