कक्षा ११ तथा १२ को रजिष्ट्रेसन र परिक्षा आवेदन फारम बुझाउने समय थप

काठमाडौ, १२ असार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परिक्षा आवेदन फारम बुझाउने म्याद थप गरि २०७८ असार २० गते गरेको हो ।


यस भन्दा पहिला रजिष्ट्रेसन तथा परिक्षा आवेदन फारम बुझाउने तालिका चैत्र मसान्त सम्म तोकिएको थियो । फारम बुझाउने छुटेकाहरु लाई अब असार २० गते सम्म दोब्बर दस्तुर लिइने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पोखरेलले बताएका हुन ।


विधालयहरुले रजिष्ट्रेसन तथा परिक्षा आवेदन फारम राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुलाई बुझाउने व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *