जन्तीमा गएका मानिसहरुले माछाको लागि झडप, ११ जना घाइते

भारत, २९ जेठ /
भारतको गोपालगंज जिल्लाको भोरे थाना अंतर्गत एक अनौठो घटना प्रकाशमा आएको पाइएको छ । विहेमा गएका जन्तिहरुले भोज खाने बेला माछाको लागि झडप भएको हो । झडपको मुख्य कारण के छ भने माछाको मुडा (माछा टाउको) को लागि झडप भएको हो । आफुले रोजेको मुडा अरुलाई दिदा झडपको सुरुवात भएको थियो । सो झडपमा दुबै पक्षका ११ जना घाइते भएका छन । यो घटना भारतको भोरे जिल्लाको सिसई टोला भटवलियामा भएकोे थियो ।


घाइतेभएका ११ जनाको उपचारको लागि भोरे रेफरल अस्पताल तथा सदर अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यम बाट प्राप्त भएको हो ।


यसै बीच, पुलिसले दुवै पक्षबाट घाइतेको छुट्टै बयान दर्ज गरेको तथा यस घटना बारे थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *