काठमाडौँ, १४ असार
स्मार्ट टेलिकमले विभिन्न शीर्षकमा ६ अर्ब बक्यौता बाँकी तिर्न फेरी १ वर्ष थप म्यादको माग गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा स्मार्ट टेलिकमले १ वर्षको थप म्यादको माग गर्दै निबेदन दिएको हो ।

टेलिकमलाई यस भन्दा पहिला पनि मन्त्रिपरिषद्ले बक्यौता तिर्नको लागि पटक–पटक म्याद थप गरिदिइसकेको छ । हाल टेलिकमले मन्त्रिपरिषद्लाई पनि थप एक वर्षको लागि निबेदन पेश गरेको हो ।

स्मार्ट टेलिकमले २ वर्ष अघिको बक्यौता नतिरेको भन्दै प्राधिकरण संचारलक समितिले टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । टेलिकमलाई मन्त्रिपरिषले सो बक्यौतालाई ५ किस्तामा तिर्ने बाटो मिलाए पनि टेलिकमले बाकी बक्यौता तिर्न सकेको छैन ।

स्मार्ट टेलिकले फ्रिक्वेन्सी दस्तुरबापत सरकारलाई ५ किस्ता यसरी तिर्नुपर्ने निर्णय गरिएको थियो ।
पहिलो किस्ता ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ
द्रोस्रो किस्ता ८३ करोड २३ लाख
तेस्रो किस्ता ७७ करोड ४० लाख
चौथो किस्ता ७१ करोड ५६ लाख
पाँचौँ किस्ता ६५ करोड ७२ लाख
माथि उलेखित गरिएको ५ किस्तामा स्मार्ट टेलिकमले ३ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ बुझाउनुपर्ने रहेको छ । बक्यौता बुझाउन न सकेपछि प्राधिकरले २०७३ साउन १३ गते स्मार्टको लाइसेन्स रद गर्ने निर्णय गरेको थियो ।

