बिरगंज, १४ असार
पर्सा प्रहरीले चोरी पैठारी गरि ल्याइएको १७ लाख रुपैया बराबरको कम्प्युटर पार्टसहरु बरामद गरेको छ । भन्सार छलीगरी बिरगंज वडा १६ नगवा स्थित सडक खण्डबाट समानहरु नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले नगवामा चेक जाच गर्ने क्रममा ६–७ जनाको समुहले भन्सार छलेर कम्प्युटर पार्टस् नेपाल भित्राइरहेको थिए । प्रहरी चेकजाच देख्न साथ उनीहरुले समान छोडेर भागेको जानकारी प्रहरीले दिएका छन ।

पक्राउ परेको १७ लाख मुल्य भएको समानहरु यस प्रकारको रहेको छन ।
१. डेल कोर आइ–५ सिपियु ४९ पिस
२. सिगेट कम्पनी को हाड डिस्क ४७ पिस

१७ लाख बराबरको कम्प्युटर समाग्री आवश्यक कारावाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको तथा यस बारे अवश्यक कारबाही भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरि जनाएको छ ।

