जीतपुरसिमरा मा पर्ने सम्पुर्ण वडाका आयोजनालाई प्राथमिकता दिएको छौँ : उप–प्रमुख चौधरी

रोशन गुप्ता /
जीतपुर, १७ असार
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने २४ वडाहरुको आवश्यकताका योजनाहरुलाई प्राथमिकता मा राखेको नगर उप–प्रमुख सरस्वती देवी चौधरीले बताएकी छिन ।


उपमहानगरपालिका का सबै वडाका चौतर्फी बिकासका लागि छुटयाइएको बजेट सदुपयोग होस भन्ने अर्थिक वर्षको अन्त्यमा काम सम्म्पन नभएका सबै योजनाको रकम नगरबासिको हितमा खर्चहुने बताएकी हुन । उपमहानगरपालिका का वडाहरुको सिफारिस सहित नगरबासी बाट आवश्यकता भइआएका योजनामध्ये बाट अति आवश्यक योजनामा अहिले मा सुरु भएको चौधरीले बताएकी हुन ।


अविरल बर्षाको कारणले गर्दा नगरबासीले भोग्दै आउनु भएको पिडालाई समाधानका लागि आफुहरुले काम गरिरहेको तथा अति आवश्यक योजनामा काम भइरहेको जानकारी चौधरीले बताएकी हुन ।


अभिर्ल वर्षको कारणले गर्दा बाटोमा हिलो भएको, ढलको समस्या, ससाना कल्भर्ट तथा पानी निकासको समस्या जस्तालाई तत्काल व्यवस्थापन गर्न सकिने भएकोले उपमहानगरपालिकाले त्यसलाई आफनो प्राथमिकता मा राखेको छ ।

उपमहानगरपालिका का प्रत्येक वडाहरुमा स्वास्थ्य चौकी , प्रत्येक वडाका आफनै भवन, कृषी तथा दुग्ध सहकारीका भवन निर्माणलगायत का धेरै योजनाका काम यसै वर्ष भइरहेको उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले जानरकारी साझा गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *