कलैयामा मोटर चलाउने क्रममा एकजनाको मृत्यु भएको छ ।

रोशन गुप्ता /
बारा, १७ असार
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा १४ एक जनाको मृत्यु भएको छ । मृत्युहुने ४५ वर्षीय मदनलाल जैसवालको शरिरमा करेन्ट प्रवाह भएर मृत्यु भएको छ ।


जैसवाललाई बिहीवार करिब ८ः२० बजे बिहान आफ्नै घरको कलमा लगाइएको मोटरको तार जोडने क्रममा उनको मृत्यु भएको हो । उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममै बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएको हुन ।


हाल जैसवालको शवलाई पोष्टमार्टमका लागि अहिले कलैया अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *