बिरगंज, १७ असार /
पर्सा प्रहरीले लागु औषध खैरो हिरोइन सहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने युवक ३५ वर्षका मन्टु पण्डित कुम्हाल रहेको छन भने भारतको विहार जि.मोतिहारी थाना रक्सौल हरैया पञ्चायत वडा नं.५ का रहेको प्रहरीले जानकारी दिएका छन ।

बिरगंज महानगरपालिका वडा–१७ मा पर्ने सिर्सियाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पदरूपमा हिडिरहेको युवकलाई रीतपूर्वक शरिर खानतलासी गर्दा निजको पाइन्टको दाइने खल्तीमा लुकाइछिपाई राखिएको लागु औषध खैरो हिरोइन ५ ग्राम १८० मिलिग्राम फेला परेको हो ।

पक्राउ परेको कुम्हाललाई लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएको हुन ।


