रोशन गुप्ता /
सिमरा, १७ असार
लागू औषध (DIAZEPAM,AZEPAM,NOOPHIN) सहित २ जना जितपुरसिमरा उपमहानगरपालिका वडा २१ स्थित चेक चाज क्रममा पक्राउ परेको छन । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१८ का वर्ष २८ वर्षका कृष्ण तामाण्ङ र सोही अर्को व्यक्ति ललितपुर महानगरपालिका–२५ का ३५ वर्षीय बलराम थापा रहेको छन ।

प्रहरीलाई गोप्य सूचनाको अधारमा बिरगंजबाट हेंटौडा तर्फ जादै गरेको बा.८७ प.९५३६ नं. को कालो निलो रङको बजाज ब्राण्ड भएको १५० सि.सि.को एभेन्जर मोटरसाइकल को टैक्की बाट सो लागु औषध प्रहरीले फेला गरेको हो ।

मोटरसाइकल को टैक्की भित्र लुकाइएका लागु औँषध DIAZEPAM २ एम.एल.को एम्पुल-४८ पिस, AZEPAM २ एम.एलको एम्पुल-४८ पिस, NOOPHIN २ एम.एलको एम्पुल-४८ पिस गरी जम्मा १४४ पिस रहेको जानकरी प्राप्त भएको छ ।

तथा मोटरसाइकल सहित पक्राउ गरिएको छ । दुबै माथि सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुर दर्ता गरि पाँच दिन थप म्याद गरी थप अनुसन्धान भई रहेको जानकरी प्राप्त भएको छ ।

