कलैया, १८ असार /
बाराको कलैयामा हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२ अवधापुरका ४५ वर्षीय रामदेव पटेल शुक्रबार बिहान करिब ८ बजे उनको मृत्युभएको जानकारी बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मित्रले जानकारी गराएका हुन ।

बिहान खेतमा काम गर्न गएका बेला हात्तीले आक्रमण गरेको थियो भने उनलाई अस्पताल लैजादा गर्दै बाटो मै मृत्यु भएको मिश्रले बताएका छन ।

मानववस्तीभन्दा करिब १५ किलोमिटर टाढा रहको पर्सा राष्ट्रिय निकुन्जको जगलबाट हात्ती गाँउ तर्फ गई पटेलमा आक्रमण गरेको जानकारी मिश्रले बताएका छन ।

बिहान खेतमा धान रोपाईको लागि खेतको आली मिलाउँदै गरेको समयमै उखुबारीबाट अचानक हात्ती सुढ सँग पटेलमाथी आक्रमण गरेको स्थानीयले बताएका छन ।

पटेलमाथी आक्रमण गर्ने हात्ती गाँउकै वरीपरि रहेको तथा हात्तीलाई जगंल तर्फ लगनको लागि निकुन्जको टोलीलाई जानरकारी गराएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिएको हुन ।

