शान्ति युवा विकास मंञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जीतपुर, १८ असार /
विश्व भरी फैलिएको कोभिड–१९ को कारणले गर्दा देशमा जारी भएको निशेधआज्ञाको बिचमा रगतको अभाव कमहुन नदिनको लागि जीतपुर–७ मा रहेको खेलमैदानमा रक्तदान कार्यक्रम बृहत रुपमा शान्ति युवा विकास मञ्चले आयोजना गरेको हो । यस कार्यक्रम १०८ जनाले रक्तदान गरेको थिए ।


रक्तदान कार्यक्रमको संयोजक नविन मैनालीको सभापतित्व तथा जितपुरसिमरा उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेल ज्युको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
यस कार्यक्रममा ५ महिला तथा १ सय ८ जना पुरुषले रक्तदान गरेको थिए । यस कार्यक्रमका प्रमुख अतिथिल पोखरेलले हरेक रक्तदाताहरुलाई पाउच दिई कार्यक्रमको थालनी गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको विशिष्ट अतिथि तथा जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबाबु कलवारले कोरोना को कारण धेरै देशको अर्थ तन्त्र डमाडोल बनिरहेको बेला रगतको सकंलनमा समस्या भइरहेको र यो लकडाउनको समय अझै बढदै जाने हो भने देशमा रगतको अभाव हुने अवस्थापनि उतपन्न हुन सक्ने जानकारी कार्यक्रमा बताएका थिए ।

क्लबका अध्यक्ष दिपक गुप्ताले रक्तदान लगायतका समाजिक कार्यहरु संचालन गर्दै आइरहेको र कोरोना संक्रमण को प्रकोप बढदै गइरहेको बेला देशमा रगतको अभाव भइरहेको समयमा आज शान्ति युवा विकास मञ्चले सो कार्यक्रमको आयोजना गरेको बताए ।


कार्यक्रममा राजुराज गिरी , शिवजी साह सोनार , कन्हैया गुप्ता , नेपाल रेड क्रस सोसाईटी रक्तसञ्चार केन्द्र वीरगंजका प्रविधिक टोली प्रमुख धिरेन्द्र झा , शान्ति युवा विकास मञ्चका अध्यक्ष दिपक गुप्ता , विजय प्रताप सिंह, मन्दिप दाहाल तथा अजय कुशवाहा तथा स्थानियहरुको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमका सहजीकरण आत्मराम अधिकारी तथा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष बिवेक कुमार सोनारले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *