जितपुर, १८ असार /
जितपुरसिमरा उपमहानगरपालिकाले छिटै नगरसभा गर्ने तैयारीमा लागेको नगर उप–प्रमुख सरस्वती देवी चौधरीले बताउनु भएको हो । केही आन्तरीक समस्याको कारणले गर्दा स्थानीय तहको नगरसभा हुन न सकेको तर हाल सबै समस्यालाई किनारा लगाउनदै केही दिनमै नगरसभा गर्ने उहाँले बताइन ।

नगरसभा समय सिमा नगर्दा धेरै प्रश्नको सामना गर्नु पर्ने स्वाभविकै हो । तर केही जनगुनासो आउदा हामीलाई सकारात्मक बजेट ल्याउनमा प्रेरणा दिने गर्दछ । नगरपालिकाले यस वर्षको राजस्व लक्ष्य पुरा गरिसकेको छ ।

नगर उप–प्रमुख चौधरीले नगरवासीको चाहाना अनुरुपको योजनालाई पोहोर वर्ष जस्तै यस वर्षपनि ल्याउने ढोकुवा गर्नुभएको छ । यस साथै पोहोर सालमा विकासको लागि जस्तै छुटयाएको बजेटको सदुपयोग होस् यसको साथै सम्पुर्ण बजेट बराबरको विकास पनि भएको उनले अनुगमनमा देखेको थिइन ।


