जीतपुरमा अनेरास्ववियुले ११ सदस्यीय कमिटी गठन

रोशन गुप्ता /
जीतपुर, १३ भदौ
श्री फकिरा गिरी राजेश्वर गिरी माधामिक बिधालय जितपुरमा आज अनेरास्ववियुले ११ सदस्यीय कमितिको गठन गरेको छ । यस कमिटिले बिधार्थीको हक हितकोलागि अवाज उठाउने छ । सामुदायिक विधालयमा भएको राजनितिक खिचातानीलाई न्युनिकरण गर्ने तथा विधालयलाई कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रीत भई कार्यय गर्ने यस कमिटीको मुख्य उदेश्य रहेको जानकारी ने.क.पा एमाले युवा नेता गोबिन्द बस्नेतले बताएका छन ।


नेपाल सरकारले निःशुल्क शिक्षा दिने निर्णय गरेको ठाँउमा अधिकतर सामुदायिक विधालयले शुल्क लिदैछन । धेरै सामुदायिक विधालयले कतै खेलकुदको नाममा त कतै साइन्स ल्याबको नामा विधार्थीहरु सँग शुल्क उठाउदैछन भन्ने जानरकारी नेकपा ऐमाललेका युवा नेता मनोज कुमार साहले कार्यक्रममा जानकारी गराएका हुन ।


अनेरास्ववियु बारा जिल्ला कमिटी सदस्य क.इश्वर वस्नेतको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कक्षा ११ र कक्षा १२ का विधाथीहरुको सहभागीता रहेको थियो । यस कार्यक्रमा सामुदायिक विधालयको कमीकमजोरीको बारेमा छलफल गहन रुपले छलफल गरिएको तथा त्यसलाई न्युनिकरण गर्ने विषयमा छलफल गरिएको जानकारी ने.क.पा एमालेयुवा नेता गोविन्द बस्नेतले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *