रोशन गुप्ता /
बारा, १२ भदौ
कोशेली युथ क्लबको आयोजनामा तेस्रो भेट्रान कप–२०७८ फुटबल प्रतियोगिता असोज १ गते शुक्रबारको दिन देखि सुरु हुनेभएको छ ।

यस प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने शनिबार आयोजत पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष सोमलाल बोम्जन तथा सचिव सुरज लामाले बताएका थिए । सहभागी टिम विरगंज यूथ एकेडेमी भेट्रान विरगंज, बकुलिया भेट्रान बकुलिया, कोल्हवी भेट्रान कोल्हवी , फ्रेन्डसिप भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, अभिषेक चर्च भेट्रान क्लब नवलपरासी , एफ.सी काल भैरव भेट्रान हेटौडा, चपुर भेट्रान चपुर, बागमती भेट्रान बागमती, चाबेल भेट्रानभेट्रान काठमाडौ , विराटनगर भेट्रान विराटनगर, भेट्रान सिटि भेट्रान विरगंज , सिमरा भेट्रान सिमरा र आयोजक हुलास फुटबल क्लब हुलास हुनेछन ।

सहभागी भएका खेलाडीका उमेर ४० वर्ष पुरा भएको हुनुपर्नेछ । खेल ६० मिनेटको खेलाइनेछ । दोस्रो भेट्रान कपमा आयोजकलाई ३३,५८६ घाटा भएको थियो । त्यस कपमा इन्ट्री टिकट फ्रि थियो भने यसपालिपनि इन्ट्री टिकट फ्रि नै राख्ने क्लबका अध्यक्ष सोमलाल बोम्जन तथा सचिव सुरज लामाले बताएका थिए ।

असोज १ गते देखि खेल सुरु हुनेछ भने सो खेल असोज १२ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु जीतपुरसिमरा उपमहानगरपालिका–२ मा पर्ने गैरी गाउँको खेलकुद मैदानमा हुनेछ ।

