नेपालमा ५१ औँ अन्तर्राष्ट्रिय स्थापना दिवस एवं श्रीकृष्ण जन्मोत्सव धुमधामको साथ मनाइयो : फोटो फिचर सहित

जिल्ला कार्यसमिति, पर्साद्वारा आयोजित शोभा यात्रा

जीतपुर,१५ भदौ /
विश्व हिन्दू परिषदले आफ्नो ५७ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । विश्व हिन्दू परिषदको स्थापना सन १९६४ श्री कृष्ण जन्माष्टमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ । परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन संध्या लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव मनाएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रम

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले श्री कृष्ण जन्माष्टमी पर्व दिनमा चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्मपन्न गरेको छ ।

ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुर

काठमाण्डौ जाउलाखेल स्थित हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको सभाहलमा सोमबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, प्रमुख आतिथ्यता काठमाण्डौ जिल्ला अध्यक्ष श्री बल बहादुर कार्की, विशिष्ट आतिथ्यता बरिष्ठ राजनीतिक विश्लेषक श्री देवेश झाको रहेको थियो । सो कार्यक्रममा परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार, राष्ट्रिय उपाध्यक्ष श्री उद्धव कुमार घिमिरे, एकल अभियानका तर्फबाट महासचिव महाविर घिराईया, अभियान प्रमुख श्री अरविन्द साह, विकास प्रमुख श्री विरेन्द्र बुढाथोकी लगायत परिषदका स्थानीय शुभचिन्तक तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषदका राष्ट्रिय सदस्य श्री विरेन्द्र बुढाथोकीले परिषद् स्थापनाको उद्देश्य बारे प्रकाश पार्दै विश्व हिन्दू परिषदको स्थापना विश्व भरी छरिएर रहेका हिन्दूहरुलाई संगठित गर्न संघका द्धितिय सर–संघचालक श्री गुरु जीले संतहरुको मार्ग निर्देशनमा ५७ वर्ष अगाडी गर्नु भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष श्री बलबहादुर कार्कीले ईतिहाँसबाट पाठ सिक्दै वर्तमानमा हामी अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

मन्तव्य कै क्रममा बरिष्ठ राजनीतिक विश्लेषक श्री देवेश झाले भगवान श्रीकृष्णको लीलाबारे चर्चा गर्नुहुदै धर्मरक्षार्थ सदैव अग्रिणी भूमिकामा रहन तयार रहनुपर्ने बताउनु भएको थियो ।

परिषदका राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारीको समापन मन्तव्य पश्चात कार्यक्रम समाप्त भएको थियो ।

जिल्ला कार्य समिति, पर्साले अन्तर्राष्ट्रिय स्थापना दिवस एवं श्रीकृष्ण जन्माष्टमीको पावन अवसरपारी जिल्ला स्तरिय कार्यालयको उद्घाटन समेत गरेको छ ।

नवलपरासीमा आयोजित भजन सन्ध्या कार्यक्रम
जिल्ला कार्यसमिति सप्तरीद्वारा आयोजित कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *