बारा, १५ भदौ /
जितपुरसिमरा उपमहानगरपालिका वडा २ स्थित रहेको सम्यक होटेलमा जन सांस्कृतिक महासंघ नेपाल द्धारा जिल्ला भेला आयोजना सम्पन्न गरेको छ । यस भेला कार्यक्रममा चर्चित लोकगायिका चयन गुरुगलाई अध्यक्ष पद, उपाध्यक्षय पदमा सुबास, भगत माली, सचिवमा मीरा पुरी, सह सचिवमा श्याम न्यौपाने, कोषाध्यक्षमा अजिना थापा , सल्लाहकारमा कमला घिमिरे, भावना आचार्य र शंकर लामा सहित ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जिल्ला भेला आयोजना कार्यक्रमको मुख्य अतिथि पार्टीका केन्द्रिय सदस्य तथा जन साँस्कृतिक महासंघ का केन्द्रिय सचिव ई. मोबिन आलम, एमाले नेता भोला अधिकारी, तारा कार्कीे, कमला घिमिरे , भरत गले भावना आचार्य, गीता गले , रामकृष्ण घिमिरे, साना किसान डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने, त्रिलोक ठाकुरी, मनोज कुमार साह, बिस्वास साह, कमल आचार्य, शेक अरिफ लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमाको सहजिकरण सत्न उप्रेतिले गरेका थिए ।



