रोशन गुप्ता /
जीतपुर, १९ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा विभिन्न पार्टी प्ररित्यग गरि १ सय ७७ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन । जसपा पार्टी प्ररित्याग गरी लामो समय देखि स्वतन्त्र रुपमा युवा विकाश तथा समाजसेवीको रुपमा प्रचलित रहेका राजु राज गिरी सहित वडा ७ का १ सय ७६ जनाले नेकपा एमाले पार्टीलाई रोजेका छन ।

जीतपुरमा आयोजित यस पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रस र जसपा पार्टी प्रत्याग गरि नेकपा एमालेमा प्रवेश गरेका सबैलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवम एमालेका केन्द्रीय सदस्य महेश बस्नेत द्धारा स्वागत गरिएको थियो ।

नेकपा एमाले जीतपुरका पुरानो एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय अच्युत मौनाली , प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य बारा अध्यक्ष बलिराम चौधरी , प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी , जीतपुरसिमरा उपमहानगरपालिका का नगर उपप्रमुख सरस्वती देवी चौधरी लगाएतका जीतपुरका सयौँ नेताको सहभागिता रहेको थियो ।


