प्रधानमन्त्री देउवा पहिलो विदेश भ्रमण बेलायत प्रस्थान

काठमाडौं, १२ कार्तिक /
प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत भ्रमणको लागि प्रस्थान गरे । उनी पाँचौ पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण यात्रा हो ।


प्रधानमन्त्री देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत भ्रमणको लागि प्रस्थान गरेको छ । उनी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्टिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्तान नरेका छन ।


भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे , परराष्ट्र सचिव भरतराज पौडयाल, अर्थ सचिव मधुकुमार रामसिनी, ऊर्जा सचिव देवेन्द्र कार्की , वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी सहभागी भएको जानकरी प्राप्त भएको छ ।


प्रधानमन्त्री देउवा कार्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश फर्कने कायक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *