जनप्रजातान्त्रिक पार्टीका पुर्व जिल्ला अध्यक्ष नेकपा एमालेमा प्रवेश

जीतपुर, १३ कार्तिक /


बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा पर्ने जितपुरमा नेकपा एमाले द्धारा प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । प्रथम अधिवेशनलाई हेर्नेका लागि जितपुरका हजारौ जनताहरु आएका थिए ।


जनप्रजातान्त्रिक पार्टीका पुर्व जिल्ला अध्यक्ष अफताब आलमले नेकपा एमाले मा प्रवेश गरेका छन । संन लाईट फाँउन्डेशन प्रा.लि का अध्यक्ष रोशन गुप्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन । यसका साथै जितपुरका अजय जैसवाल, महाविर गुप्ता, पार्टी प्रवेश गरेका छन । प्रदेश २ का पार्टी अध्यक्ष जवाला साहले रातो अवीर तथा गम्छा ओढाउदै सवैलाई नेकपा ऐमाले पार्टीमा स्वागत गर्नुभएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *